दफा ३३क
कडा अपराधहरू
प्रहरी कर्मचारीले देहायको कुनै कसूर गरेमा निजलाई … … … आजन्म कैद वा चौध वर्षसम्म कैद वा तीन वर्षको तलब बराबरसम्म जरिबाना वा दुवै सजाय हुनेछः–
(क) प्रहरी सेवामा शसस्त्र बिद्रोह गरेमा वा गराएमा वा बिद्रोहमा सरीक भएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा त्यस्तो गर्न षडयन्त्र वा उद्योग गरेमा,
(ख) बिद्रोह हुने ठाउँमा आफू भएकोमा सकभर रोक्ने कोशिस नगरेमा वा यस्तो बेलामा देशभक्ति, … … … वा कर्तव्यरत कुनै पनि व्यक्तिलाई आफ्नो कर्तव्यबाट बिचलित गराएमा वा त्यस्तो उद्योग गरेमा,
(ग) बिद्रोह गर्ने मनसाय गरेको वा षडयन्त्र वा उद्योग भइरहेको थाहा पाई वा त्यस्तो भइरहेको विश्वास गर्नुपर्ने कारण हुँदा हुँदै पनि निच मारी उच्च पदाधिकारीहरूलाई यथाशक्य तत्कालै खबर वा सूचना नदिएमा,
(घ) … … …
(ङ) थाना, चौकी, गारद, पालो पहरा आदि र आफूसाथ वा आफ्नो जिम्मा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमाल र कागजातहरू आक्रमणकारीहरूलाई सुम्पी मद्दत गरेमा,
(च) आक्रमण वा मुठभेडको समयमा वा सो हुने सम्भावनामा प्रहरी फोर्स वा जनतामा जानी जानी झूठो आतंक फैलाएमा वा हरेस खुवाउने वा आतंक पार्ने नियतले झुठो खतराको खबर फैलाएमा ।